टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै, निर्णायक खेलमा युएईसँग पराजित

काठमाडौं १० फागुन । नेपालको टी–२० विश्वकपमा छनोट हुन सपना अधुरै रहेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध भएको खेलमा पराजित हुँदा नेपालको सपना समाप्त भएको हो ।

८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । नेपालको विश्वकप यात्रामा पूर्ण विराम, निर्णायक खेलमा युएईसँग पराजित

आजको पराजयसँगै नेपाल यसै वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा पुग्न पनि असफल भएको छ।

१७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभर पनि टिक्न सकेन। १८ ओभर चार बलमा अलाउट भएको नेपालले १०७ रन मात्र जोड्न सक्यो।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएर नेपालसामु जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका लागि अहमद राजाले पाँच, जुनैद सिद्दिकीले तीन तथा जाहोर खान र रोहन मुस्ताफाले एक–एक विकेट लिए ।

यसअघि ओमानको अल अमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

युएईका लागि मोहम्मद वासिमले ७० रनको उत्कृष्ट पारी खेले । ४८ बलको सामना गरेका उनले समान चार चौका र छक्का प्रहार गरे ।

वृत्य अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रन बनाए । महम्मद उस्मानले १७ रन जोडे ।

तेस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ तथा चौथो विकेटका लागि वासिम र उस्मानले ६४ रनको साझेदारी गरेपछि युएईले बलियो योगफल तयार पारेको थियो ।

।नेपालका लागि जितेन्द्र मुखिया र अभिनाश बोहराले ३/३ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

त्यस्तै अर्को सेमिफाइनलमा आयरल्याण्डले ओमानलाई पराजित गरी फाइनलमा पुग्नुका साथै विश्वकपमा छानिन सफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here