नयाँ सारथी लघुवित्तको लाभांश घाेषणा, नगद र बाेनस कति ?

काठमाडौं, ११ फागुन । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

नयाँ सारथीको संचालक समितिको फागुन १० गते बसेको बैठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

२०७७ असोज ५ गतेपछि सेयर किनेका सेयरधनीहरुको हकमा मात्र पूँजीगत आयकर लाग्नेछ । सोभन्दा अघि कायम सेयरधनीले आयकर तिर्न नपर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here