एनएमबि बैंकले ल्यायो नौलो बचत योजना, ग्राहकलाई फाइदै-फाइदा

काठमाडौं, ११ फागुन । एनएमबी बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि यु–वाह डिजि सेभिंग्स ल्याएको छ।

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन्। एनएमबि बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुको साथै मेरो सेयर, डिम्याट र आस्बा निःशुल्क उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी यस योजनाअन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबी क्रेडिट कार्ड र एनएमबी डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर (एबीबीएस) र वार्षिक १ हजार २ सय रुपैयाँसम्मको क्यास ब्याक योजनाजस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउनेछ।

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएकोे छ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here