पल शाहविरुद्ध समीक्षाले दर्ता गरिन् जाहेरी

फाइलफोटो

काठमाडौं । पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको ‘सम्बन्ध’ निकै चर्चामा छ।

दुवैले आफूहरुबीच प्रेम सम्बन्ध नभएको र मिल्ने साथी मात्रै भएको बताएका थिए।

तर केही दिनमै अडियो सार्वजनिक गर्दै समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी थिइन् ।

त्यो विवाद प्रहरी समक्ष पुगेको छ ।

गायिका अधिकारीले पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here