जीवनसाथी खोजिदिने ‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी खोज्नुहोस् सुहाउने जोडी

काठमाडौं, १२ फागुन । जीवनसाथी खोज्न बिहेनेपाल एप सार्वजनिक भएको छ। राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो।

राव सफ्टवेयरले दीर्घकालीन सम्बन्धको खोजिरहेमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने आधिकारिक रूपमा बिहे नेपाल एप सार्वजनिक गरेको हो।

इन्जिनियरिङ अध्ययन दुई बहिनी श्रद्धा कटुवाल र श्रेया कटुवालले बिहे नेपाल सार्वजनिक गरेका हुन्। यससँगै एपले संभावित साथीहरु एकैठाउँ, आफ्नै मोबाइलसम्म ल्याइदिने सहस‌स्थापक श्रद्धा कटुवालले बताइन्।

बिहे नेपाल नोभेम्बर २०२१ मा अनौपचारिक रुपमा सार्वजनिक गरिएकोमा बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएको हो।

बिहेनेपालको औपचारिक लञ्च गाइका तथा संगीतकार अभया सुब्बाले गरेकी हुन्।

को–फाउन्डर श्रेया कटुवालले नेपालको जनसंख्यामध्ये करिब ४० प्रतिशत इन्टरनेट चलाउने बताउँदै अनलाइनमार्फत जीवन साथी खोज्ने धेरै रहेको बताइन्।

बिहेनेपाल एप लगइन गर्न सामाजिक सञ्जालमार्फत प्रयोग गर्न सकिन्छ। कटुवालले बिहेनेपाल एप सुरक्षित र गोपनीयता राख्नसक्ने भएको दाबी गरेकी छिन्।

एपमा लगइन गरेपछि उमेर, पेशा र थर देखिन्छ। आफूलाई राम्रो लाग्नेलाई फ्रेन्डसिपको रिक्वेस्ट पठाउन सकिन्छ। दोस्रो पक्षले एक्सेप्ट गरेपछि दुई जनाबीच कुराकानी गर्न सकिन्छ। विश्वभरका नेपालीले नै एप प्रयोग गरी आफ्नो जीवन साथी खोज्न सक्छन्।

एपका हालसम्म ३ हजार प्रयोगकर्ता पुगिसकेको कम्पनीले जनाएको छ। कुनै व्यक्तिले एपको दुरुपयोग गरे रिपोर्ट गर्न सकिन्छ। जसलाई कम्पनीले फेरि सदस्य नबन्ने गरी ब्लक गर्नसक्छ।

एपमा गोत्र, चिना समेत हिन्दू परम्पराअनुसार भर्न सकिने व्यवस्था गरिएको छ।

बिहेनेपालमा सर्वसाधारणको लागि फ्रि रजिष्ट्रेसन रहेको छ भने भीआईपी क्लबलाई सदस्य बन्नको लागि ४९ हजार रुपैयाँ लाग्छ। जहाँ सबैको पहुँच हुँदैन।

आन्ट्रप्रेनर्स अर्गनाइजेसनले आयोजना गरेको जीएसईए नेपाल २०२२ मा बिहेनेपालले सेकेन्ड रनर अपको उपाधि हासिल गरेको थियो।

प्रयोगकर्ताले यो एपमार्फत जोडिन वास्तविक परिचय दिने नागरिकता वा ड्राइभिङ लाइसेन्स उपलब्ध गराउनुपर्नेछ। विहेनेपालले यी परिचयपत्रको आधारमा परिचय प्रमाणित गर्नेछ।

प्रमाणित प्रोफाइलहरुले हरियो संकेत चिन्ह प्राप्त गर्नेछन्। त्यसपछि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न र वैवाहिक सम्बन्ध गाँस्ने निर्णयसम्म पुग्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here