वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी अस्पतालबाट गर्नुहोस् निःशुल्क पीसीआर

काठमाडौं १३ फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले क्लाउड पत्रिकालाई बताए ।

संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय गरेको उनले बताए ।

‘मन्त्रीस्तरीय निर्णय भैसकेको छ, परिपत्र गएपछि यो नियम भोलिबाट नै लागू हुन्छ उनले क्यालउ पत्रिकासँग भने ।’

अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरूका लागि निःशुल्क पीसीआर परीक्षण हुने उनले बताए ।

तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश भने अनिर्वाय गरिएको छ । यसभन्दा अगाडी सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय तिर्नुपर्ने हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here