रुस-युक्रेन युद्ध प्रभाव: रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल खेल पेरिस सारियो

काठमाडौं, १३ फागुन । सन २०२२ च्याम्पियन लिगको फाइनल फ्रान्सको पेरिसमा खेलाइने भएको छ ।

रसियाले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन फुटबल महासंघले आक्रमणको दोस्रो दिन रूसको सेन्ट पिटर्सवर्गमा हुने फाइनल सारेको हो।

शुक्रबार बसेको युरोपियन फुटबलको सर्वोच्च निकायको आकस्मिक बैठकले रूसमा गर्ने भनिएको फाइनल पेरिसको स्टेड डे मा गर्ने निर्णय गरेको छ।

फाइनल २८ मेमा सेन्ट पिटर्सवर्गको गाज्प्रोम एरेनमा हुने तय थियो। यूइएफले च्याम्पियन्स लिगको फाइनल खेल सारेकोे तेस्रो पटक हो । अघिल्ल दुई बर्ष पनि फाइनल खेलको स्थान अन्तिम घडीमा सारिएको थियो ।

यूइएफले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई अद्वितीय संकटको समयमा युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल फ्रान्समा सार्नको लागि उनको व्यक्तिगत समर्थन र प्रतिबद्धताको लागि धन्यवाद र प्रशंसा समेत व्यक्त गरेको छ।

रसियाले मार्च २४ मा पोल्यान्डसँग खेल्ने तय छ। यस्तै स्कटल्यान्ड र युक्रनबीच सोही दिन खेल हुनेछ। यता रूस र युक्रेनको विश्वकप छनोटको प्लेअफ पनि अन्योलमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here