अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौं, १५ फागुन । अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

बलात्कार मुद्दा लागेर फरार रहेका शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए। त्यसको केही समयमै उनले प्रहरीसामू आत्मसमर्पण गरेका हुन्।

एक नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका छन्। उनले जिल्ला प्रहरी तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन्।

कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत खोजीमा लागेको थियो। आज बिहान शाहले आफूले प्रहरीमा आत्मसमर्पण गर्न लागेको जानकारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here