पलको निर्णयप्रति पूजा शर्मा भन्छिन् -‘सम्मान छ रियल हिरो सत्यको जित अवश्य हुनेछ ’

काठमाडौं । अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै नियन्त्रणमा लिएको हो ।

उनले फेसबुकमा स्टाटस लेख्दै आफैँ आज प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए ।

एक नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका छन्। उनले जिल्ला प्रहरी तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन्।

कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत खोजीमा लागेको थियो। आज बिहान शाहले आफूले प्रहरीमा आत्मसमर्पण गर्न लागेको जानकारी दिएका थिए।

आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पलको निर्णयप्रति अभिनेत्री पूजा शर्माले सहमति जनाएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here