अमेरिका भ्रमणमा महंगो होटल होइन राजदूत निवासमा बस्ने इमरान खानको चाहना

काठमाण्डौं, २३ असार । पहिलो औपचारिक अमेरिका भ्रमणको क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महंगो होटल छोडेर पाकिस्तानी राजदूतको निवासमा बास बस्ने चाहना व्यक्त गरेका छन् ।

उनको यो चाहनालाई सरकारी खर्च कम गर्ने प्रयासको रुपमा लिइएको छ । तीन दिने भ्रमणको लागि आगामी जुलाई २१ म अमेरिका उड्ने तयारीमा रहेका प्रधानमन्त्री खानले राष्ट्रलाई थारै भएपनि आर्थिक भार कम हुने भन्दै उक्त चाहना व्यक्त गरेका हुन् ।

वैदेशिक ऋण अत्यधिक रहेको कारणले पाकिस्तान आर्थिक संकटसँग जुधिरहेको छ ।

गत वर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानको आर्थिक संकटसँग जुध्न उनले व्यापक खर्च कटौतीको अभियान चलाइरहेका छन् ।

उनको यस्तो निर्णयलाई सर्वसाधारणले समर्थन गर्दै आएका छन् जसले उनको लोकप्रियता बढाइरहेको छ ।

खानले प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासका कर्मचारीहरुको संख्या कटौती, विलासी गाडीहरुको लिलामी तथा मन्त्रीपरिषदको आकार सानो बनाएर गरेर सरकारी खर्च कटौती गरेका छन् ।

पुर्वक्रिकेटर खानले कप्तानको रुपमा सन् १९९२ को क्रिकेट विश्वकप पाकिस्तानलाई जिताएका खान राजनीतिमा आएको १६ वर्षपछि मात्रै गत वर्ष प्रधानमन्त्री बन्न सफल भएका थिए ।

अमेरिका भ्रमणको क्रममा खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महत्वपूर्ण भेट गर्नेछन् ।

त्यस्तै अमेरिका भ्रमणको क्रममा अमेरिकी सांसद, विभिन्न अधिकारी तथा पत्रकारहरुलाई उनले भेट्ने कार्यक्रम रहेको छ ।

अमेरिका भ्रमणमा पनि खर्च कम गर्न होटल छाडेर राजदूत निवासमा बस्ने उनको उपायलाई अमेरिकी सुरक्षा संयन्त्रले भने त्यति चासो दिएको छैन ।

सुरक्षाको दृष्टिले संवेदनशिल हुने भन्दै पाकिस्तानी पत्रिका डनले भने उनको उक्त निर्णय अमेरिकी सुरक्षा सयंत्रलाई टाउको दुखाई बन्न सक्ने बताएको छ ।

खानले विभिन्न उपाय लगाएर सरकारी खर्च कटौती गर्दा पनि पाकिस्तानी अर्थतन्त्रले भने गति लिन सबेको छैन । (एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here