पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो ।

पल आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो।

एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन्। नियन्त्रणमा आएपछि प्रहरीले थप अनुसन्धान थालेको छ।

शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ।

आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। उनले विभिन्न मितिमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको अभियोग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here