प्रचण्डको स्पष्टीकरण-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’

काठमाडौं, १६ फागुन । एमसीसीका कारण चौतर्फी आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।

आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रचण्डले एमसीसीका कारण संविधानमाथि प्रहार हुने देखिएकाले अनुमोदन गर्न सहयोग गरेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीलाई आर्थिक सहायताको रुपमा मात्र अनुमोदन गर्नेगरी पारित गरिएपनि आफूमाथि अनेक किसिमका लाञ्छना लगाइएकोप्रति दुख व्यक्त गरे।

राजनीतिक दलहरुले एमसिसीलाई हतियार बनाएर नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने खेल सुरु गरेको बताउँदै उनले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि नेपालको संविधान र लोकतन्त्रको रक्षा भएको बताए ।

एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो होइन,’ उनले भने, ‘यसलाई अमेरिकाले मान्नैपर्छ। यदि नमानेमा एमसीसी सम्झौता नै खारेज हुन्छ।’

उनले एमसीसी अघि बढाउने क्रममा आफूलाई भिलेन जस्तो बनाइएको पनि बताएका छन्।

एमसीसीकै कारण फेरि नयाँ सरकार बन्ने, सभामुख हटाउने, सांसदको पद खारेज गर्ने जस्ता थुर्पै खतरा बढे ।’ उनले भने, ‘फेरि देशमा ठुलो संकट आउने देखिएपछि एमसीसी संशोधन गरि कसरी पास गर्न सक्छौँ भन्ने तर्फ हामी लाग्यौँ ।

अन्तिममा व्याख्यात्मकसहित पास गर्यो भने अति उत्तम हुन्छ भन्ने निष्कर्षमा पुग्यौँ। हिजो एमसीसी पास भयो । देश दुर्घटनाबाट बचेकाले म खुसी छु । ’

‘मत भिलेन जस्तो भएछु, डबल डिलर जस्तो भएँ’, उनले भने, ‘मत मेरो चाहना राष्ट्रिय सहमति बनोस् भन्ने थियो। तर एमालेले, केपी ओलीले १४ सांसद हटाउनु, सभामुख हटाउनु भनेर रटान लगाइरह्यो। त्यसकारण राष्ट्रिय सहमति जुट्न सकेन।’

पत्रकार सम्मेलनका क्रममा उनले एमसीसीका नाममा गठबन्धन फुटाउने कोसिस भएको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here