सुनको मूल्य घट्यो

काठमाडौं, १७ फागुन । सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घट्दै ९७ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघले जनाएको छ। सोमबार १३४० रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज १३३५ रुपैयाँमा कारोबार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here