महिन्द्राको देशव्यापी ‘केयर फेस्ट’ फागुन २२ देखि, विशेष छुटको व्यवस्था

काठमाडौं, १९ फागुन । फागुन २२ देखि २७ सम्म देशव्यापी रुपमा महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।

नेपालका लागि महिन्द्रा फोरव्हीलरको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले यो इभेन्ट आयोजना गर्न लागेको हो ।

महिन्द्रा केयर फेस्ट ४५–पोइन्ट चेकअप क्याम्प भएको कम्पनीले जनाएको छ। जसमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ उपभोक्ताले लिन सक्ने बताइएको छ ।

महिन्द्राका ग्राहकले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यस केयर फेस्टमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष केयर फेस्ट आयोजन गर्दै आएको छ। यसकारण यस ब्रान्डका ग्राहकले यो फेस्टको प्रतिक्षा गर्ने गरेका छन् ।

कम्पनीले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारी लिन ग्राहकका लागि टोल नम्बरहरु १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) पनि सञ्चालनमा ल्याएको छ। ग्राहकले यी नम्बरमा सम्पर्क गरेर जानकारी लिने वा सर्भिस बुक गर्न सक्ने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here