थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त

काठमाडौं, २० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ३८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार२४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here