राधे श्याम बन्यो मेटाभर्समा ट्रेलर सार्वजनिक गर्ने पहिलो चलचित्र

काठमाडौं, २१ फागुन । बहुचर्चित इन्टरनेट प्लेटफर्म मेटाभर्समा पहिलो पटक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । दक्षिण भारतीय चलचित्र राधे श्याम लेमेटाभर्समा ट्रेलर सार्वजनिक गरेर नयाँ रेकर्ड बनाएको हो ।

दक्षिण भारतको चर्चित कलाकार प्रभाषको मूख्य भुमिका रहेको सो चलचित्रमा पुजा हेग्डे, राधेश्यामलगायतको अभिनय छ ।

निर्माता कम्पनीले आफ्ना अवतारहरु सृजना गरेर मेटाभर्समा ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रका निर्देशक राधा कृष्ण कुमारले टवीट मार्फत सोको जानकारी दिएका हुन ।

उक्त चलचित्र सबै दक्षिण भारतीय भाषाहरु र हिन्दीमा पनि रिलिजको तयारी गरिएको छ ।

मेटाभर्समा स्मार्टफोन एप, हेडसेट तथा ‘अगमेन्टेड रियालीटी ग्लास’ लगाएर कृतिम समुदायसँग सम्बन्ध बनाउन सकिन्छ । मेटाभर्समा सबैप्रकारका डिजिटल डिभाइसहरु प्रयोग गरेर भर्चुअल संचारमा जान सक्नुहुने छ ।

भिआर गेम तथा भिडियो हेर्नका लागी मात्र प्रयोग हुने गरेकोमा मेटाभर्स फिल्म हेर्न, खेल्न, किनमेल, घुम्न,कन्र्सट, काम तथा ह्या आउटका लागी मात्र पनि प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here