पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, २२ फागुन । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थप गरेको हो ।

पल गत आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । त्यो समय आज सकिएको थियो ।

एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

उजुरी दर्ता भएपछि फरार रहेका शाह गत आइतबार बिहान प्रहरीको नियन्त्रणमा आएका थिए । उनीविरुद्ध नवलपुरको गैंडाकोटमा पनि सोही प्रकृतिको मुद्दा दायर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here