लघुवित्तहरुको पूँजीकोष सीमाभन्दा दोब्बर, सबैभन्दा बढी हुने आरएसडीसी

काठमाडौं, २२ फागुन । लघुवित्तहरुको पूँजीकोष सीमाभन्दा दोब्बर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

अध्यययन अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ ।

निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पूँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।

सबैभन्दा बढी पूँजीकोष हुने लघुवित्त भने आरएसडीसी लघुवित्त वित्तीय संस्था देखिएको छ । यस लघुवित्तको पूँजीकोष अनुपात १८. ५० प्रतिशत छ ।

लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा वृद्वि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पूँजी र सापटी रहेको छ ।

२०७८ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरूले ४५ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गरेका छ । २०७८ असार मसान्तको तुलनामा १०.४९ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वित्तीय स्रोत संकलनमा ६.८६ प्रतिशतले वृद्वि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here