‘कबड्डी ४’: ‘द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘कबड्डी ४’ को ‘केशरी’ गीत सार्वजनिक भएको छ।

सोमबार ‘कबड्डी ४: द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ गीत युट्युबमा सार्वजनिक भएको हो।

गीतमा नायक दयाहाङ राई, सौगात मल्ल र नायिका मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको छ। एस डी योगी, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको स्वर तथा संगीत छ भने गीतको शब्द राम अविरल विष्टले लेखेका हुन्।

सौगात र मिरुनासहित दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ । चलचित्रमा सौगात, मिरुना, दयाहाङका साथमा बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।

चलचित्रको निर्देशन रामबाबु गुरूङले गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here