चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा

काठमाडौं । हिमाली क्षेत्रको प्रेमकथामा आधारित चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा भएको छ ।

सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो।

यसअघि माघ २८ गते रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो।

गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले हिमालमा बस्नेहरुको प्रेमकथामा आधारित छ ।

चलचित्रमा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता घिसिङ्, बिर बहादुर लामा, पासाङ् टि शेर्पा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्र कथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको चलचित्रमा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here