नारायण रायमाझीको ‘परदेशी-२’ दशैंमा रिलिज हुने, फष्टलुक सार्वजनिक

काठमाडौं, २५ फागुन । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र परदेशी-२’ दशैंमा रिलिज हुने भएको छ ।

नारायण इन्टरनेशनल प्रालिले बुधबार फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो ।

चलचित्रमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन्। चलचित्रको निर्देशक रायमाझी हुन् ।

फष्टलुक पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई देखाइएको छ ।

गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो चलचित्र हो ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

सुदीप कुँवरको सहनिर्देशन रहेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here