ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

काठमाडौं, २५ फागुन । ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच शाखाकाे औपचारिक उद्घाटन भएकाे हाे ।

कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्त रूपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आमजनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कटारी शाखाले स्थानीय बासिन्दा, साना किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here