युक्रेन-रुस युद्ध प्रभाव: कोक, म्याकडोनाल्सले रोके विक्री

काठमाडौं । म्याकडोनाल्ड्स, कोकाकोला र स्टारबक्सलगायत उपोक्ता कम्पनीहरुले रुसमा ब्यापार बन्द गरेका छन् ।

युक्रेन आक्रमणको कारण देखाउदै यी ठूला उपभोक्ता कम्पनीले सेवन बन्द गरेका हुन् । म्याकडोनाल्ड्सले रुसमा आफ्ना लगभग ८५० रेष्टुरेन्टरु अस्थायी रुपमा बन्द गरिरहेको छ भने स्टारबक्सले आफ्ना १०० कफी पसलहरु बन्द हुने बताएको छ ।

बुधबारदेखि हेनेकेनले रुसमा आफ्नो उत्पादन तथा विक्री रोकेको छ ।

म्याकडोनाल्ड,कोकाकोला र स्टारबक्सले चौतर्फी दबाबकाबीच व्यापार बन्द गरेको हो । कम्पनीहरुले आफना कर्मचारीलाई तलब भने दिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here