च्याम्पियन्स लिग: पीएसजी बाहिरियो, बेन्जेमाको ह्याट्रिकमा रियल अन्तिम आठमा

काठमाडौं, २६ फागुन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ३-२ को नतिजासहित अन्तिम आठको यात्रा तय गरेको हो ।

पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी अन्तिम–१६ बाटै बाहिरियो ।

पीएसजीले पहिलो हाफमा केयलिन एमबापेको गोलले अग्रता लिएको थियो र यस्तोमा समग्रमा दुई गोलले अगाडि रहेको थियो ।

यो स्थितिमा पीएसजी क्वाटरफाइनल पुग्ने निश्चित देखिएको थियो । तर बेन्जेमाले पीएसजीलाई स्तब्ध पार्ने क्रममा १७ मिनेटमा सनसनीपूर्ण ह्याट्रिक गरे । उनले ६१, ७६ र ७८ औं मिनेटमा गोल गरे ।

अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ क्लबले गोलरहित बराबरी खेलेका छन् । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ५–० गोलको जित निकाल्दै सिटी अन्तिम आठमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here