अन्तर्राष्ट्रिय मुद्रा कोषबाट युक्रेनले १ अर्ब ४० करोड डलर सहायता पाउने

काठमाडौं,२६ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता पाउने भएको छ ।

रुसको आक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएसँगै आइएफले यस्तो सहायता स्वीकृत गरेको हो ।

सो मुलुकबाट २० लाख भन्दा बढी मानिस विस्थापित भइसकेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । हजारौं मानिस मारिएका छन् ।

रुसी हमलापछि उत्पन्न मानवीय र आर्थिक सङ्कटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायता दिने प्रस्ताव अनुमोदन भएको कोषले उल्लेख गरेको छ । आईएमएफले उक्त युद्धका कारण पुगेको आर्थिक क्षतिसँग जुझ्न युक्रेनलाई सहायता गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here