सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँ घट्यो

फाइलफोटो

काठमाडौं, २६ फागुन । नेपाली बजारमा कीर्तिमान कायम गरेको सुनको भाउ एकै दिन प्रतितोला ३५ सय रुपैयाँले घटेको छ।

विहीवार ३५ सयले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको भाउ १ लाख १ हजार ५ सय रुपैयाँमा झरेको छ।

बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो।

आज चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here