चलचित्र ‘आकासे खेती’ प्रदर्शनमा

काठमाडौं । यो साता नेपाली फिल्म ‘आकासे खेती’ प्रदर्शनमा आएको छ ।

उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।

बिनामेहनत पैसा कमाउन चाहने युवाको सपना र तिब्बती शरणार्थीको विषयमा फिल्म केन्द्रित छ।