२०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, २७ फागुन । सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ। सूचना अनुसार २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा परेको छ।

सुचना अनुसार पहिलो महिना बैशाखमा शनिबार बाहेक एक दिन मात्र बिदा सार्वजनिक बिदा हुनेछ। यस्तै, जेठमा २ गते सोमबार बिदा हुनेछ। असारमा कुनै पनि बिदा छैन। साउन २७ गते सार्वजनिक बिदा दिएको छ।

यसैगरी, भदौ ३ गते सार्वजनिक बिदा दिएको छ। असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ। दसैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ।

तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ। यसबाहेक विभिन्‍न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरुमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here