‘संविधान बाहिर गएर सरकार ढालियो, गोरु ब्याउँदैन भन्थे सर्वोच्चमा बाच्छा पायो ’

काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर सरकार ढालेको आरोप लगाएका छन् ।

प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनको समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए ।

‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ ।

संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मानिसहरु मरेपछि पनि दुनियाँले सम्झिरहुन् भन्ने इच्छा राख्ने तर आफूमा भने त्यस्तो इच्छा नभएको बताए ।

उनले मरिसकेको मान्छेलाई सम्झिनु समयको बर्बादी मात्रै रहेको पनि बताएका छन्।

‘मरिसकेको मान्छेलाई सम्झिनुभन्दा आफ्ना छोराछोरीलाई राम्रा शिक्षादिक्षा दिउन्, समाजका लागि राम्रा काम गरुन्, मरिसकेको मान्छेलाई सम्झिएर बेकारमा समयको बर्बाद !’ उनले भने।

उनले अतितमुखी नहुन र भविष्यका लागि काम गर्न पनि आग्रह गरेका छन्। ‘सम्झिएर एक घोगो मकै फल्छ ? एक बाला धान फल्छ ? एक मानो दुध आउँछ सम्झिएर ? केही हुन्छ सम्झिएर ? एउटा फूल फुल्छ सम्झेर ? सम्झिएर केही हुनेवाला छैन। भविष्यका लागि काम गर, अतितमुखी नहोउ, सम्झिने झन्झट छोड्देउ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here