खप्तड गोल्डकपको उपाधि मनाङलाई

फाइलफोटो

काठमाडौं, २८ फागुन । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।

मनाङले धनगढी रंगशालमा शनिबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लबमाथि ३–१ को जित हात पारेको हो ।

यो मनाङको दोस्रो खप्तड गोल्डकप उपाधि हो । यसअघि ऊ पहिलो संस्करणको विजेता बनेको थियो ।

मनाङको जितका लागि दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एकरएक गोल गरे।

उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ। उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here