माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

पूर्ण सुनुवाईको लागि मिति भने तोकेको छैन् । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

नेकपा एमालेले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटमाथि फैसला हुन सकेको छैन् । नेकपा एमालेले आफुले कारबाही गरेका १४ संसदको पद खारेज नभएसम्म संसद अवरुद्ध जारी राख्ने अडान कायमै राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here