सात नगरपालिका उत्कृष्ट घोषितः विकासतर्फ हरिवन, विपद् व्यवस्थापनमा नीलकण्ठ

काठमाडौं, २९ फागुन । नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी देशका सात नगरपालिका उत्कृष्ट घोषित गरेको छ ।

संघले आन्तरिक सूचक तयार पारेर नगरपालिकाहरूको मूल्याङ्कन गरेको थियो। त्यसकै आधारमा यी नगरपालिका उत्कृष्ट घोषित भएका हुन्।

नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा पाँच विधामा उत्कृष्ट सात नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।

स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ ।

हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ । सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।

संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् ।

वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो ।

धादिङ सदरमुकामस्थित नीलकण्ठ नगरपालिका सहरी योजना तथा विपद् व्यवस्थापनमा उत्कृष्ट घोषित भएको छ। नीलकण्ठका मेयर भीम ढुंगानाले प्रधानमन्त्रीबाट पुरस्कार लिए।

यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here