होण्डाको एक्स्चेन्ज क्याम्प चैत १७ सम्म, बजार मूल्यभन्दा ७ हजार अतिरिक्त बोनस

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले फागुन २२ गतेदेखि एक्सचेन्ज क्याम्प संचालन गरिरहेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा सञ्चाल गरेको बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प चैत १७ गतेसम्म संचालन हुनेछ ।

यस एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार अतिरिक्त एक्सचेन्ज बोनस समेत प्राप्त सकिनेछ ।

एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here