युक्रेनको राजधानीमा फेरि शक्तिशाली विस्फोट, आवासीय भवनमा आगलागी

काठमाडौं, १ चैत । युक्रेनको राजधानी किएभमा मंगलबार बिहान शक्तिशाली विस्फोट भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले त्यहाँ रहेका पत्रकारहरुले विहान सवेरै विस्फोटको आवाजहरु सुनिएको जनाएका छन्।

विस्फोटका कारण एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ।

विस्फोटपछि धुवाँको मुस्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको छैन । वार्ताकैबीच पनि रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

तर युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना त्यति धेरै अघि बढ्न नसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन २४ ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here