३ अंकले बढ्यो नेप्से, ४६ करोडको कारोबार

काठमाडौं, असार २४ । मंगलवार नेप्से परिसूचक २.९२ अंकले बढेर १ हजार २ सय ५०.२७ मा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत बढि हो ।

कारोबारमा आएका समुहहरुको कारोबारमा सुधार आएसङ्गै नेप्से परिसूचकमा पनि सुधार आएको हो ।

मंगलबार बैकिङ्ग, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादन, अन्य र जीवन बिमा समुहको सूचक बढ्यो भने हाटेल, र्निजीवन बिमा, लघुवित्त र सामुहिक लगानी कोषको सूचक घट्यो ।

मंगलबार १ सय ६५ कम्पनीहरुको १६ लाख ७ हजार ६ सय ७२ कित्ता शेयर किनबेच हुदाँ ४६ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलबार इन्फिनिटी लघुवित्त वितीय संस्थाका शेयर धनीले सबैभन्दा धेरै कमाए । इन्फिनिटीको शेयर ९.८५ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा सर्पोट लघुवित्त वितीय संस्थाका शेयर धनी रहे । सर्पोटको शेयर ४.२९ प्रतिशतले घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here