होली खेल्दै हुनुहुन्छ ? हाेसियार ! भुलेर पनि नगर्नुस यी काम, क्यान्सर होला

काठमाडौं । होलीमा मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर रंगिन बन्छन्। रङ लगाएर एक अर्कामा अत्मीयता साटासाट गरिने यस पर्वमा हिजोआज हाम्रो शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरुको प्रयोग बढेको छ।

होलीमा प्रयोग गरिने रातो, निलो, कालो, हरियो लगायतका रङहरुले हाम्रो शरीरमा तत्कालै वा दीर्घकालमा असर पार्ने हुँदा रङको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। रङ बनाउँदा ९० प्रतिशत घुलनशील तत्व प्रयोग गरिएको हुन्छ। सुख्खा रङ बनाउन सीसा, मर्करी, पेट्रोलियम प्रोडक्ट जस्ता स्वास्थ्यका लागि हानिकारक तत्व प्रयोग गरिएको हुन्छ।

कालो रङ

कालो रङमा लेड अक्साइड मिसाइएको हुन्छ। यो रसायन निलेमा वा श्वासद्वारा लिए घातक हुन सक्छ। यसले छाला, आँखा, श्वास नली, फोक्सो, मष्तिस्क, आन्द्रा, मिर्गौला र रगतमा घातक असर गर्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट देखिन्छ।

फेसियल र रङ

अनुहारको छालाप्रति सचेत हुने हो भने होली खेल्नुअघि फेसियल गर्नु ठीक होइन । फेसियल गर्दा छाला नरम हुन्छ र नरम छालामा रङले तत्काल असर गर्छ । त्यसो त सबै खाले रङ होलीका लागि उपयुक्त हुँदैनन् । रातो र पिंक राम्रो हुन्छ । हरियो, पर्पललगायत रङमा छालामा असर गर्ने हानिकारक केमिकल बढी हुन्छन् ।

कन्ट्याक्ट लेन्स

होली खेल्दा आँखा हरपल खतरामा हुन्छ । आँखामा रङ पर्‍यो भने एलर्जी हुने र पाक्ने समस्या निम्तिन सक्छ । यदि आँखाका कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने होली खेल्दा निकालेर राख्न नभुल्नुहोस् । आँखा र कन्ट्याक्ट लेन्सबीच रङ जम्मा भयो भने इन्फेक्सन हुन सक्छ ।

पेट्रोलियम पदार्थ

होली खेल्दा प्रयोग गरिने कतिपय केमिकलयुक्त रङ सजिलै पखालिँदैन । रङ फाल्ने नाममा कतिपयले मट्टीतेल, पेट्रोल र नेल रिमुभर प्रयोग गर्ने गलत तरिका अपनाएको पाइन्छ । यस्तो कहिल्यै नगर्नुहोस्, छाला खराब हुन्छ । बरु, बेसन प्रयोग गर्न सक्नुहुन्छ ।

कपालमा रङ

धेरै रङहरू मेटल अक्साइडजस्ता लिडबाट बनेका हुन्छन् । यस्ता रङले कपाललाई तुरुन्तै असर पुर्‍याउन सक्छ । कपालमा नरिबल या तोरीको तेल लगाएर मात्रै होली खेल्न निस्किनु राम्रो हुन्छ ।

साबुन

अनुहारका रङ पखाल्न साबुन प्रयोग नगरेकै राम्रो हुन्छ । रङले खस्रो बनाएको छालामा साबुन रगड्दा कोरिने र एलर्जी हुने खतरा रहन्छ । क्लिन्जर नै उपयुक्त हुन्छ ।

तातोपानी

रङ पखाल्न गर्न नहुने अर्को गल्ती हो, तातोपानीको प्रयोग । तातोपानीले रङलाई झनै छालामा जमाइदिन्छ । यसले छाला सुक्खा बनाइदिन्छ । त्यसैले चिसोपानी नै प्रयोग गर्नुहोस् ।

धेरै नभिज्ने

होलीको समयमा मौसम पूरै गर्मी भइसकेको हुँदैन । जाडो हटेर गर्मी सुरु हुँदै गरेको अस्थिर मौसम हुन्छ । त्यसैले पानीमा धेरै रुझ्दा रुघा, खोकी र ज्वरोले हैरान पार्न सक्छ । निमोनियाको खतरा पनि रहन्छ । होली खेल्दा धेरैबेर घाममा रहनु पनि ठीक होइन । केमिकलयुक्त रङमा अल्ट्राभाइलेट किरणको प्रभाव पर्दा छालामा असर निम्त्याउन सक्छ ।

धेरै नधुने

कतिपयले होली खेल्दै गर्दा पटक–पटक अनुहार धोएर रङ पखालिरहने गरेको देखिन्छ । यो सही तरिका होइन । यसले छालामा झनै असर पार्छ । होली खेलिसकेपछि अन्तिममा एकपटक राम्रोसँग नुहाएर रङ हटाउनु राम्रो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here