पपुवा न्यूगिनीविरुद्ध नेपालको संघर्षपूर्ण जित, रोहित र आरिफको उत्कृष्ट प्रदर्शन

फाइलफोटो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ विकेटको जित निकालेको छ ।

रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण आज नेपालको जित सम्भव भएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा त्रिकोणात्मक श्रृंखला जारी छ । जसमा आज नेपालले पिएनजीलाई हराउन सफल भएको हो ।

ब्याटिङमा खराब सुरुवात गरेको नेपाललाई रोहित र आरिफले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरे । यो वान डे अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।

२०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेटायो । रोहित र आरिफले अर्धशतक पुरा गरे । अन्तिममा करण केसीले आक्रमक ब्याटिङ गर्दै नेपाललाई आफ्नो स्टाइलमा जित दिलाए ।

यो जितपछि लिग टू मा नेपालको ९ खेलबाट १० अंक भएको छ । कुल ७ टोली सहभागी लिग टू मा नेपाल छैटौं स्थानमा छ । लगातार १४ खेल हारेसँगै पीएनजी पुछारमा छ । लिग टू श्रृंखलामा नेपालले दोस्रो खेल शुक्रबार घरेलु टोली युएईसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here