‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

काठमाडौं, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने संकेत दिएका छन् ।

प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गर्दै चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त अतिवादी ढंगले बोलिराख्नुभएको छ। हुन त प्रधानमन्त्री देउवाले उहाँहरूलाई बोल्न बन्द गराइ सक्नुभएको छ। कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन।’

आगामी निर्वाचनमा सबै ठाउँमा तालमेल जरुरी नभएको भन्दै प्रचण्डले केही ठाउँमा गठबन्धनका दलबीच स्वस्थ प्रतिस्पर्धा पनि हुने बताए।

उनले आफ्नै एजेण्डा र संगठनको बलमा जनताको मन जित्ने र गठबन्धन पनि बचाउने ध्यानमा आफूहरु रहेको पनि बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here