सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं, ४ चैत । नेपाली बजारमा सुनको भाउ शुक्रबार स्थिर रहेको छ । चाँदी भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।