गर्मी मौसममा कस्तो भोजन उत्तम, यी खाने कुराहरुमा विशेष ख्याल गर्नुहोस्

काठमाडौं । गर्मी मौसमको सुरुवात भईसकेको छ । गर्मी मौसममा खानपानमा ध्यान दिइएन भने हामीलाई विभिन्न स्वास्थ्य समस्याहरुले सताउन सक्छन् ।

गर्मी मौसममा खानपानमा त ध्यान दिनुपर्छ नै स्वस्थ रहनको लागि भरपुर मात्रामा पानी पनि पिउनुपर्छ ।

गर्मीमा तापक्रम बढे सङ्गै धेरै मानिसहरुमा स्वास्थ्य र छाला सम्बन्धि समस्याहरु देखा पर्छन् । त्यस्तै खानपानमा गडबडी भयाे भने पाचन प्रणालीमा समेत समस्या निम्तन सक्छ ।

यस्तो समयमा खानपानमा विशेष ध्यान ध्यान दिएर पनि हामी स्वस्थ रहन सक्छौं किनभने खानपानले नै हाम्रो स्वास्थयमा ठूलो प्रभाव पार्छ ।

मानिसको स्वास्थ्य मौसमसँगै परिवर्तन भइरहन्छ । त्यसैले आफ्ना् शरीरलाई स्वस्थ राख्न त्यसै अनुसारको खानपान गर्नु आवश्यक हुन्छ ।

नेपालको पहाडी र तराई क्षेत्रमा गर्मीका बेला स्वास्थ्यको राम्रो ख्याल नराख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने तथा ज्यानै जाने सम्म हुन सक्छ ।

कतिपय मानिसहरु गर्मी मौसमसँग तर्सिने वा गर्मी ठाउँमा जानै नचाहने पनि हुन्छन् ।

अहिलेको समयमा हामीले विभिन्न बहानामा आवश्यकताभन्दा बढी मासु खानु सामान्य जस्तै भइसकेको छ । हरेक कार्यक्रम र पार्टीमा मासुका परिकार समावेश गरिएको हुन्छ ।

कतिपय संस्था र समूहले शाकाहारी बनाउने अभियान थालेता पनि मानिसको व्यक्तिगत रुचिलाई परिवर्तन गराउनु निकै नै चुनौतिपूर्ण कार्य हो ।

तर तपाईँ मांसाहारी वा शाकाहारी हुनुले पनि तपाईको स्वास्थ्यमा निकै नै फरक पार्छ । विभिन्न अध्ययनहरुले मासु खानेको भन्दा मासु नखाने शाकाहारी व्यक्तिहरुको स्वास्थ्य राम्रो हुने प्रमाणित समेत गरिसकेको छ ।

अध्ययनहरुका अनुसार सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् ।

शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ । अध्ययनहरुका अनुसार मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ ।

गर्मी मौसममा यस्ता ५ खानेकुरा धेरै नखानुस्

धेरै मसालेदार खानेकुराहरु नखाने

मसालेदार खानेकुराहरुले जिब्रोलाई स्वाद त दिन्छ तर, यस्ता खानेकुराहरुले हाम्रो शरीरलाई गम्भिर रुपमा असर गर्छ ।

धेरै मसालेदार खानेकुराहरु खानाले पेट पोल्ने र पाचन सम्बन्धि समस्याहरु देखिन सक्छ । यस्ता खानाले पेट सम्बन्धि समस्याहरु निम्त्याउनुका साथै शरीरको तापक्रम पनि वृद्धि हुने गर्छ ।

मांसाहारी भोजन कम सेवन गर्ने

गर्मी मौसममा मांसाहारी भोजनको सेवन सकेसम्म कम गर्नुपर्छ । गर्मीमा चिल्लो र धेरै मसालायुक्त मांसाहारी भोजनको सेवन गर्दा शरीरको तापक्रम बढ्नुको साथै धेरै पसिना आउने र पाचन प्रकृयामा समेत प्रभाव पर्छ ।

जंक फुड नखाने

गर्मी मौसममा जंक फुडहरुको सेवन गर्नुभन्दा हरिया सागपातको सेवन गरेमा शरीरलाई धेरै फाईदा पुग्छ ।
हरिया सागसब्जीहरुमा धेरै मात्रामा पोषकतत्वहरु पाईन्छ । जसले हाम्रो शरीरलाई धेरै प्रकारको रोगहरुबाट बचाउँछ ।

चिया र कफीको सेवन नगर्ने

हामीमध्ये धेरै मानिसहरुको दिनको सुरुवात चिया र कफीको चुस्की लिदै हुने गर्छ । तर, चिया र कफी दुवैले शरीरको तापक्रम बढाउने काम गर्छ त्यसैले गर्मीमा चिया कफी नपिएकै राम्रो हुन्छ ।

चिया र कफीमा पाइने क्याफिन शरीरलाई सुख्खा बनाउँछ । त्यसकारण गर्मी महिनाको सुरुवात सङ्गै चिया र कफीको सेवनबाट टाढा रहनु पर्छ ।

चीजको सेवनबाट टाढा बस्ने

हामीमध्ये धेरै मान्छेहरुलाई धेरै चिल्लो हुने चीज, बटर राखिएको खाना खान मनपर्छ । स्वादिलो हुने यस्ता खानाले हामीलाई समस्या निम्त्याउन सक्छ ।

बटरमा धरै मात्रामा क्यालोरी हुने भएकाले पोषणविदहरुका अनुसार गर्मी मौसममा चीजको सेवन कम गर्नुपर्छ । गर्मी मौसममा शरीरलाई धेरै मात्रामा पोषक तत्व र पानीको आवश्यकता पर्दछ । त्यसकारण आफ्नो डाईट लिस्टमा मौसम अनुसारका फलफूल सामेल गर्नुपर्छ ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here