स्थानीय निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मलाई तय गरेको छ।

वैशाख १४ गते आयोगले मनोनयन पत्र र उम्मेदवारविरुद्ध परेको उजुरी जाँचबुझ गरी निर्णय गर्नेछ भने १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरुलाई नाम फिर्ताका लागि वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। आयोगले वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्दै वैशाख ३० गते मतदान गराउने कार्यक्रम रहेको छ।

आयोगका अनुसार वैशाख ३० गते निर्वाचनका क्रममा मतदान सुरु हुनु ४८ घण्टाअघि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

आयोगले सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले बुझेपछि मात्रै मतगणना थाल्ने कार्यक्रम बनाएको छ।

वैशाख ३० गते देशभरका सबै स्थानीय तहहरुमा एकै चरणमा निर्वाचन हुँदैछ। २०७४ मा भने जेठ, असार र कात्तिक गरी तीन चरणमा स्थानीय निर्वाचन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here