आईसीसी विश्वकप लिग-२: यूएईसँग नेपाल ४८ रनले पराजित

काठमाडौं, ४ चैत । नेपालले आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईसँग पराजित भएको छ । शुक्रवार खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो ।

नेपालले ३५.१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ६० बलमा ४ चौका प्रहार गरे।

रोहित लगातार दोस्रो अर्धशतक प्रहार गर्न चार रनले चुकेका थिए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। युएईले नेपाललाई जितका लागि ४६.३ ओभरमा अल आउट हुँदै १६९ रनको लक्ष्य दिएको छ।

यूएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० बनाए।

यस्तै, सिपी रिजवान ८५ बलमा ४० रनको महत्वपूर्ण इनिङ्स खेले। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। करण केसीले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए।

यता, सन्दीप, दीपेन्द्र र सागरले १/१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here