बेलायती सिपिंग कम्पनीका ८ सय कर्मचारीको ३ मिनेटमै जागिर गुम्यो

काठमाडौं । बेलायतको समुद्री जहाज सञ्चालन गर्ने सिपिंग कम्पनी पी एण्ड ओ फेरिज कम्पनीले आफ्ना ८०० कर्मचारीलाई जागिरबाट निकालेको छ ।

दुई हजार करोड रुपैयाँ नोक्सान गरेको दाबी गर्दै ३ मिनेटको जुम कलमार्फत कर्मचारी निकालेको हो । कम्पनीले गत मार्च १७ मा आफ्ना कर्मचारीलाई ‘ठूलो घोषणा’ को भिडियो सन्देश पठाएको थियो ।

भिडियो सन्देशमा कम्पनीले अब थर्ड पार्टी क्रु प्रदायकको सहयोगमा आफ्नो कार्य सञ्चालन गर्ने जनाएको छ । कम्पनीका कर्मचारीहरुले यसबारे आफूहरुलाई पहिल्यै जानकारी नगरेको बताएका छन् ।

तर, कम्पनीका अधिकारीहरुले कर्मचारीहरुलाई ई–मेल, हुलाक, कुरियर र टेक्स्ट म्यासेजमार्फत जानकारी गराएको बताइन्छ । यो कम्पनीले विगत २ वर्षमा २० करोड पाउन्ड घाटा व्यहोरेको छ ।

केही महिनाअघि अमेरिकी कम्पनी बेटर डट कमले पनि जुम कलमार्फत ९०० कर्मचारीलाई जागिरबाट निकालेको थियो । यसरी नै ठूलो संख्यामा कर्मचारी निकाल्ने पी एन्ड ओ फेरिज दोस्रो कम्पनी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here