चाइना इस्टर्न विमान दुर्घटना : सवार १३२ जनाकै मृत्यु भएको पुष्टी

काठमाडौं, ८ चैत । सोमबार चीनमा भएको जहाज दुर्घटनामा सवार सबै यात्रुको ज्यान गएको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाइना इस्टर्नको बोइङ ७३६ जहाज सोमबार तंगशियान काउन्टीको बुझो शहरको नजिकै पहाडमा दुर्घटनाग्रस्त बनेको हो ।

जहाजमा १३२ जना रहेका थिए । त्यसमध्ये कसैलाई पनि विजित बचाउन नसकिएको समाचारमा उल्लेख छ । जहाजमा ९ जना चालक दलका सदस्य सवार थिए । अन्य भने यात्रु हुन् । सोमबार रातीसम्म पनि उद्धारकार्य जारी रहेको थियो ।

यो जहाज दुर्घटना चीनमा पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो दुर्घटना हो । विमानमा सबै चिनियाँ नागरिक सवार रहेको र विदेशी नागरिक नपरेको त्यहाँको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटनाबारे चिनियाँ राष्ट्रपति शी जिनपिङले दुख व्यक्त गरेका छन् । उनले उद्धारमा खट्न सबैलाई निर्देशन समेत दिएका छन् ।

यसैबीच चीनले ७३७–८०० मोडलका सबै विमान तत्कालका लागि ग्राउण्डेड गर्ने निर्णय गरेको छ । दुर्घटनामा परेको जहाज नयाँ रहेको र प्राविधिक कारणबाटै दुर्घटनामा परेको आशंका गरिएको छ । यो जहाज करीव १ घण्टा आकासमा तैरिएको र त्यसपछि झरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here