बढ्यो सुनको मूल्य, फेरि प्रतितोला एक लाख नाघ्यो

फाइलफोटो

काठमाडौं, ८ चैत । नेपाली बजारमा सुनको फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलाको ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम पुगेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३९५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here