राष्ट्रपतिद्धारा रेल्वे अध्यादेश जारी, रेल संचालनको बाटो खुल्यो

काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संबिधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । अब दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा रेल संचालन गर्ने तयारी भएको छ ।

यस अघि गत फागुन १ गतेदेखि यात्रुबिना परीक्षण शुरु गरिएको थियो । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएपछि निष्कृय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here