सुनचाँदीको मूल्य घट्यो, कतिका हुँदैछ कारोबार ?

काठमाडौं, ९ चैत । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनका तुलनामा बुधबार प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ। मंगलबार २० रुपैयाँ बढ्दा प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here