दूषित बन्दै शहरी हावा, विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

फाइलफोटो

काठमाडौं, ९ चैत । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो ।

यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ ।

विश्वका गरिब देशका शहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने देखाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।

जसमा दूषित हावा हुने शहरहरुको सूचीमा भारत नै शीर्ष स्थानमा परेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको नयाँ रिपोर्ट अनुसार देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको १० औं नम्बरमा छ ।

तथ्यांक अनुसार पोल्याण्ड दुई शहर विश्वकै सबैभन्दा प्रदूषित राजधानीको १/२ नम्बरमा परेको छ । वायु प्रदूषण मापन गर्ने एक्यूआई १७५ र १७६ पुगेको छ ।

तेस्रोमा पाकिस्तानको लाहोर शहर परेको छ । भारतको राजधानी नयाँ दिल्ली ७ औं नम्बरमा परेको छ । देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको १० औं नम्बरमा परेको छ । बुधवार १२: ३० सम्ममा वायु प्रदूषणको मात्रा १३५ एक्युआई रहेको छ ।

एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्यांकमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

कम्तीमा ९३ शहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन डब्लूएचओले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here