ओलीको प्रतिवेदन:’राष्ट्रव्यापी लहर र शान्ति सूव्यवस्था कायम गर्न खेलेको भूमिका नै जितको आधार’

काठमाडौं, ९ चैत । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जितको आधारसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

बुधबारदेखि काठमाडौँमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका हुन् ।

प्रतिवेदनमा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने आधारहरु समेत प्रस्तुत गरेका छन्। पार्टीको सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षादेखि शान्ति सूव्यवस्था कायम गर्न एमालेले खेलेको भूमिकासम्मलाई उनले जितको आधारका रुपमा प्रस्तुत गरेका छन्।

एमालेले सिर्जना गरेका तिनै आधारहरुलाई जनतामाझ लैजान केन्द्रीय नेताहरुलाई निर्देशन समेत दिइएको छ। चुनाव अवधिभर केन्द्रीय र विभिन्न संगठनमा रहेका नेताहरुलाई आ–आफ्नो जिल्ला र गाउँपालिकामा परिचालन हुन निर्देशन दिएका छन्।

ओलीले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको विषयलाई ‘खास अर्थ र सन्देश’ रुपमा लिनुपर्ने निर्देशनसमेत दिएका छन ।

‘सत्ता स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्व (प्रचण्ड) प्रति मोहभंग भएर त्यसबाट अलग हुँदै एमालेमा आबद्ध हुने जुन राष्ट्रब्यापी लहर चलेको छ, यसको खास अर्थ र सन्देश छ’ प्रतिवेदनमा उल्लेख छ ।

एमालेलाई छलकपटपूर्ण ढंगले सरकारबाट विस्थापित गरिएको विषयलाई उनले पुनः राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here