जगदम्बा मोटर्सको एसयुभी ‘प्रोटोन एक्स-५०’ सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कारनिर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोनको एक्स ७० को सफलतापछि गैरीधारास्तिथ आफ्नो सोरुमबाट जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो । प्रोटोनका गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० का चार संस्करणहरू समेत नेपालमा सार्वजनिक गरेको छ ।

जसमा १.५ लिटर टर्बोचार्ज्ड, थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल रहेको कम्पनीले जनाएको छ । टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

ती गाडीमा उत्कृष्ट–इन–क्लास सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ । ६ एयरब्यागहरू, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर यो सेग्मेन्टमा उपलब्ध रहेको छ ।

साथै पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु यो गाडीमा छन् ।

यसमा सेल्फ–पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ । जगदम्बाले नेपालमा २०२० देखि प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी बेच्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here